आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश सभा सदस्य चौधरी द्वारा सारथी स्वरोजगार बजारीकरण संघको कार्यालयको उद्घाटन

एपी खबर २०८० फागुन २, बुधबार (३ महिना अघि) ३१७ पाठक संख्या

बारा : जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका -२ सिमरा मा सारथी स्वरोजगार बजारीकरण संघको कार्यालयको उद्घाटन गरिएको छ । बुधवार मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले एक कार्यक्रमको बीच उक्त संघको कार्यालयको रिबन काटेर उद्घाटन गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले हामीले सम्मान उत्पादन गरे पनि यसलाई बजारमा बजारीकरण कसरि गर्ने भनेर जानकारी नहुदा त्यस्ता समस्यालाई समाधान गर्ने उदेश्यले नै सारथी स्वरोजगार बजारीकरण संघको कार्यालयको उद्घाटन गरिएको बताउनु भयो ।बिक्री बढेमा आम्दानी बढ्ने र बिक्री घटेमा आम्दानी घट्ने हुनाले व्यवसायको मेरूदण्ड भनेकै वस्तु बिक्री भएकोले यो संस्थाले उत्पादन गरेको बस्तुलाई बजारीकरण गर्नेमा मद्दत पुग्ने बताउनु भयो ।

सारथी स्वरोजगार बजारीकरण संघको अध्यक्ष एवं जीतपुरसिमरा उपमहानगरपालिकाको प्रथम नगर उपप्रमुख सरस्वती चौधरीको सभा अध्यक्षतामा सुरु भएको कार्यक्रमा पूर्व प्रदेश सभा सदस्य सिता गुरुङ,सुन्दर बिश्वकर्मा लगाएतले सारथी स्वरोजगार बजारीकरण संघको स्थापनाले जीतपुरसिमरा बासलाई धेरै राहत महसु हुने बताउनु भयो ।बेरोजगार भएर अहिले घरमा बसिरहेकाहरुलाई लक्षित गरी संघ कार्यालयको स्थापना गरिएको र व्यवसाय प्रवर्धन साथसाथै बजारीकरणको अवस्था र वस्तु बिक्री गर्ने कलासम्बन्धी जानकारी गराउने उद्देश्यले सारथी स्वरोजगार बजारीकरण संघको कार्यालयको उद्घाटन गरिएको संघकी अध्यक्ष सरस्वती चौधरीले बताईन ।

टुना टपरी बनाउने सीप प्रतियोगिता सम्पन्न

 

सारथी स्वरोजगार बजारीकरण संघको आयोजनामा टुना टपरी बनाउने सीप प्रतियोगिता सिमरामा सम्पन्न भएको छ ।३९ जना महिलाको सहभागीमा टुना टपरी बनाउने सीप प्रतियोगिता सम्पन्न भएको हो ।टुना र टपरी बनाएकी ३ जना महिलालाई संस्थाले पुरस्कार समेत वितरण गरेको छ ।टुना टपरी सीप प्रतियोगितामा शान्ता घिमिरे प्रथम,निता कुमारी फुयाल दृतिय,तेजु सापकोटा तृतीय स्थान हासिल गरेकी हुन् ।प्रथम,दृतिय,तृतीय स्थान हासिल गर्नेलाई मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले प्रमाण पत्रले पुरस्कृत हार्नु भएको थियो ।उक्त कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका १४ कि वडाध्यक्ष चयन गुरुङ्ग,जनहित उपभोक्ता समितिको अध्यक्ष अमृतलाल श्रेष्ठ लगाएत महिलाहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस