आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

३२ लाख ७१ हजार ५६२ रुपैयाँ बराबरको खुद्रा सामान सहित ट्रक बारा प्रहरीको नियन्त्रणमा

एपी खबर २०८० फागुन २, बुधबार (३ महिना अघि) १८६ पाठक संख्या

बारा : बारा प्रहरीले पथलैया बाट ३२ लाख ७१ हजार ५६२ रुपैयाँ बराबरको खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिएको छ। प्रहरी चौकी पथलैयाको टोलीले मंगलबार राति साढे ११ बजे उक्त मालबाहक ट्रक पथलैया बाट नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

 

वीरगन्जबाट मोरङ गइरहेको ना३ख ७४४९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको बारा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए। ट्रकमा बिल बिजकभन्दा बढी स्रोत खुलाउन नसकेको ३२ लाख ७१ हजार ५६२ रुपैयाँ बराबरको खुद्रा सामान फेला परेको गुरुङले बताए। ट्रकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस