आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सेढवामा बिष्णु महायज्ञ शुरु

एपी खबर २०८० फागुन २, बुधबार (३ महिना अघि) १८९ पाठक संख्या

जितेश यादव । सर्लाही र रौतहटको सिमानामा रहेको सेढवामा श्री श्री १००८ बिष्णु महायज्ञ आजबाट शुरु भएको छ। बुधबार ५ सय ५ कन्या कुमारीद्वारा कलश यात्रा निकाली यज्ञ शुरु भएको हो।महायज्ञ नौ दिनसम्म रहने छन।

 

 

महायज्ञमा नेपाल सहित छिमेकि भारतको बिहारबाट समेत हजारौ भक्तजनहरु आउने तथा महायज्ञ अवधि भरिमा महायज्ञ स्थलका साथै सो आसपासका गाउँहरुमा मदिरा तथा मदिरा जन्य नशालु पदार्थ र माछा मासुमा समेत रोक लगाएको मेला समितिका सदस्य सुवास मण्डलले बताएका छन।

 

 

यस्तै महायज्ञ अवधिभरि व्यापक मात्रामा सुरक्षा व्यवस्था समेत कडा पारिएको मेला समितिले जनाएको छ । महायज्ञलाई सफल पार्नका लागि सिताराम नाम जाप , झुला , मौतका कुवा ,रासलिला ,रामायण पाठ कथा ,पुरान ,सास्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु समेत रहेको आयोजक समितिका सदस्य मण्डलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस