आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु

एपी खबर २०८० फागुन ३, बिहिबार (३ महिना अघि) १७१ पाठक संख्या

रौतहट । रौतहटमा करेन्ट लागेर बुधवार एक युवकको मृत्यु भएको छ । जिल्लाको राजदेवी नगरपालिकामा ससुराली जानको लागि कपडामा आइरन गर्ने क्रममा विद्युतको करेन्ट लागेर २५ वर्षीय तेजा ठाकुर लोहारको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । कपडामा आइरन लगाउने क्रममा तारबाट विद्युत् चुहेर करेन्ट लागेर ठाकुर अचेत भएका थिए।

 

लगत्तै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताइन् । बुबा आमाको एकमात्र छोरा रहेका ठाकुरको निधनले सिङ्गो गाउँ नै शोकमग्न भएको छ। मृतकको शव पोस्टमार्टम भएर बुधवार साँझ परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस