आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पचरौता नगरपालिका द्वारा (एसइई)मा उत्कृष्ट अंक ल्याएका छात्रलाई १ लाख सहित सम्मान

एपी खबर २०८० फागुन ३, बिहिबार (३ महिना अघि) ३१४ पाठक संख्या

 बारा : बाराको पचरौता नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंकसहित उतिर्ण गरेका छात्रलाई १ लाखको चेंकसहित सम्मान गरेको छ ।२०७९ सालको एसइइ परीक्षामा प्राविधिकतर्फ जिल्लामै उत्कृष्ट अंक ल्याएको भन्दै पचरौता नगरपालिकाले प्रोत्साहनस्वरुप छात्र साहिल पटेललाई १ लाख नगद सहित सम्मान गरेको हो । सरस्वती पूजाको अवसर पारेर बेनौली स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा छात्र साहिल पटेललाई पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह,उपप्रमुख नसिमा खातुनले संयुक्तरूपमा पुरस्कार स्वरुप १ लाखको चेंक तथा सम्मानपत्र वितरण गरेका हुन्।

विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढ्न अझ अभिप्रेरित गर्ने उद्देश्यले एसइईमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिएको नगरप्रमुख सिंहले बताए।पचरौता नगरपालिकाले जेठमा एमबीबीएस अध्ययन गरिरहेका दुई छात्रछात्रालाई १०/१० लाखको चेक हस्तान्तरण गरेको थियो भने रेडियोग्राफर पढ्दै गरेकी प्रसंशाकुमारी यादवलाई अध्ययन छात्रवृत्तिबापत पाँच लाख प्रदान गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष लक्ष्मी यादव शिक्षा संयोजक महेश कुमार सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस