आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको फतुवा विजयपुर सातौं नगरसभा सम्पन्न,४८ करोड भन्दा बढीको बजेट पारीत

एपी खबर २०८० फागुन ४, शुक्रबार (३ महिना अघि) १६७ पाठक संख्या

रौतहट । रौतहटको फतुवा विजयपुर सातौं नगरसभा सम्पन्न भएको छ। ४८ करोड भन्दा बढीको बजेट पारीत गर्दै बिहिवार फतुवा बिजयपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको हो। कार्यवाहक मेयर अम्बेया खातुनको अध्यक्षतामा फतुवा विजयपुरको सातौं नगरसभा नगरपालिकाको सभाकक्षमा बिहिवार सम्पन्न भएको छ।

 

सातौं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले नगरसभामा चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि कुल ४८ करोड पाँचलाख ८८ हजार दुई सय रूपैयाको बजेट सर्वजनिक गरेका थिए। नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान,पूँजिगत अनुदान, गरि जम्मा ३२ करोड ४१ लाख १२ हजार विनियोजन गरिएको छ । संघीय राजस्व बाँडफाँडबाट नौ करोड ८२ लाख १४ हजार २ सय, मालपोत दस्तुर बाट ३० लाख, जग्गा रजिष्ट्रेशन बाँडफाँड बाट एक करोड २० लाख, प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर बाट २५ लाख र समानीकरण अनुदान रु।

 

८० लाख ६२ हजार, समपुरक अनुदान २० लाख, विशेष अनुदान ३० लाख, सशर्त पूँजिगत ८० लाख, आन्तरिक श्रोत बाट एककरोड ५० लाख र सडक बोर्ड बाट प्राप्त हुने अनुदान ४७ लाख रहेको उपसचिव प्रधानले बाचन गरेका थिए। अधिकृत प्रधान नगर सभाले शिक्षा , स्वास्थ्य , भौतिकपूर्वधार , कृषी र खानेपानी लगाएका क्षेत्रलाई विशेष प्रथमिकता दिएको बताएका थिए। सम्पन्न नगरसभामा ११ वटै वडाका अध्यक्ष सहित कार्यपालिकाको बहुमत सदस्यको उपस्तिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस