आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मधेस प्रदेशको अध्यक्षमा तामाङ 

एपी खबर २०८० फागुन ५, शनिबार (३ महिना अघि) १६७ पाठक संख्या

बारा।  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको मधे प्रदेश अध्यक्षमा सागर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शनिवार बाराको निजगढमा सम्पन्न मधेश प्रदेशको पाचौं साधारणसभाले तामाङलाई निर्विरोध चयन गरेको हो ।

यसैगरी प्रथम उपाध्यक्षमा प्रमोद गुप्ता, द्धितिय उपाध्यक्षमा भोलानाथ चौधरी, सचिवमा साम्सुल अन्सारी, सह-सचिव अनिल मण्डल, कोषाध्यक्षमा सुभाष कर्ण सदस्यमा श्रवण कुमार गुप्ता,रामसागर महतो,बिनोद साह,हरिशकर गुप्ता,रबि कुमार साह  निर्वाचित भएका छन् ।  निजगढको  बैन्क्युट पार्टी प्यालेसमा  सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

 

सर्वोच्च अदालतको आदेश विपरीत विद्यालय हाताभित्रबाट अवैधानिक ढंगबाट बिक्री वितरण भइरहेको पुस्तक तथा कापीहरूलाई रोक्न नयाँ कार्यसमितिले कुनै कसुर नराख्ने बताएको छ ।दुई दिन सम्म चलेको साधारण सभाले बारा जिल्लामा शाखा कार्यालय खोल्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस