आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२ करोड ८३ लाख बराबरको समान सहित दुई वटा ट्रक बारा प्रहरीको नियन्त्रणमा

एपी खबर २०८० फागुन ६, आईतबार (३ महिना अघि) २४७ पाठक संख्या

बारा : प्रहरीले बाराबाट दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रहरी चौकी अमलेखगंजको टोलीले शनिवार राति साढे ११ बजे जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंज चोकबाट २ वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।

 

वीरगन्जबाट जादै गरेको ना ७ ख १६५२ र ना ८ ख ४१६५ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको बारा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए। ट्रकमा बिल बिजकभन्दा बढी स्रोत खुलाउन नसकेको २ करोड ८३ लाख ८९ हजार ९ सय ८९ रुपैयाँ बराबरको खुद्रा सामान फेला परेको गुरुङले बताए। ट्रकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस