आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा महोत्सवमा साना ब्यापारीको लागि छैन स्टल

एपी खबर २०८० फागुन १७, बिहिबार (१ महिना अघि) २९४ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-३ मा आयोजना हुन लागेको प्रथम जीतपुरसिमरा महोत्सवमा साना ब्यापारीहरुको लागि स्टल नरहेको ब्यापारीहरुले बताएको छ । सडक छेउमा व्यवसाय गर्नेहरुले स्टल उपलब्ध गराउन आग्रह गर्दा समेत जीतपुरसिमरा महोत्सवमा त्यस्ता व्यवसायीलाई स्टल उपलब्ध गराईएको छैन ।

 

जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका महासचिव एवं जीतपुरसिमरा महोत्सवको सदस्य सचिवालय संयोजक प्रकाश गिरि संग जीतपुरका केहि स्थानीयहरुले चटपटे र पानि पुरी बेच्ने ब्यापारीलाई स्टल उपलब्ध गराउन अनुरोध गर्दा महासचिव गिरिले सानो ब्यापारीहरुको लागि स्टल खालि नरहेको भनेर जवाफ दिए पछि सानो ब्यापारीहरु निरास भएका छन् ।बर्षौ देखि सडकको छेउछाउमा आफ्नो ठेला लगाएर व्यवसाय हार्दै आएका ब्यापारीहरुले आफुहरुलाई पनि महोत्सवमा स्टल उपलब्ध गराउन जीतपुरका स्थानीय,समाजसेवीलाई सहजीकरण गर्नदिनको लागि आग्रह गरेको थियो तर महासचिव गिरीले हामीले सानो ब्यापारीलाई स्टल नदिने जनाएको थियो ।

 

जीतपुरसिमरा महोत्सव २०८० को उद्घाटन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छ ।प्रधानमन्त्री जस्ता व्यक्तिले उद्घाटन गर्ने महोत्सवमा साना ब्यापारीलाई किन स्टल उपलब्ध गराईन भनेर अहिले बहषको बिषय बनेको छ ।नेपाल एउटा कृषि प्रधान देश हो नेपालमा धेरै मान्छे गरिबीको रेखामुनि छ कसैले व्यवसाय,ब्यापार गरेर आफ्नो जीविकोपार्जन गरिरहेको छ भए कसैले दैनिक काम गरेर जीविकोपार्जन गरिरहेको छ तर जीतपुरसिमरा जस्ता ठूलो महोत्सवमा साना ब्यापारीलाई स्टल उपलब्ध नगराउनुले आयोजकले सानो व्यवसाय गर्नेलाई अवहेलना गरेको हो कि भनेर अहिले चर्चाको बिषय बनेको छ ।

 

गरिब भए पनि सबैलाई समान हक र अधिकार हुनु पर्ने नेपालको संविधानमा उल्लेख छ तर जीतपुरसिमरा महोत्सवमा साना ब्यापारीलाई स्टल उपलब्ध नगराए पछि पुष्टि हुन्छ कि साना व्यवसायीलाई जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले अवहेलना गरेको हो ।जीतपुरसिमरा नगर उधोग बाणिज्य संघ जीतपुरसिमरामा व्यवसाय गर्नेहरुको छाता संगठन हो जब छाता संगठनले नै ब्यापारीहरुको समस्या बुझ्दैन भने कसले बुझछ त ब्यापारीहरुको समस्या ।जीतपुरसिमरा महोत्सव २०८० फाल्गुन १८ गते देखि लिएर फाल्गुन २९ गते सम्म जीतपुरसिमरा नगर उधोग बाणिज्य संघको आयोजनामा संचालन हुदैं छ ।

प्रतिक्रिया दिनुहोस