आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहट बाट श्रोत नखुलेको १० लाख रकम सहित २ जना पक्राउ

एपी खबर २०८० फागुन २२, मंगलबार (१ महिना अघि) २७९ पाठक संख्या

रौतहट – रौतहट बाट प्रहरीले श्रोत नखुलेको १० लाख रकम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।उनीहरुको साथ् बाट प्रहरी १० लाख नगदसहित नेपाली नम्बरको ब्रेजा कार समेत नियन्त्रणमा लिएको छ ।

 

इलाका प्रहरी कार्यालय बन्जरहा बाट गएको प्रहरीले टोलीले ईशनाथ नगरपालिका १ स्थित गएराति शंका लागेर उनीहरूले प्रयोग गरेको प्र ३०१–०२३ च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त नगद सहित दुवै जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । कारमा पछाडि सवार देवराज थिङ्मले बोकेको कालो रङको झोलाभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको नेपाली १ हजार दरको नाट ८५० थान र ५०० दरको ३०० थान जम्मा १० लाख रुपैयाँ सहित दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस