आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लागु औषध चरेस सहित पर्सामा रौतहटका २ जना पक्राउ

एपी खबर २०८० फागुन २२, मंगलबार (१ महिना अघि) ११९ पाठक संख्या

बारा : पर्साको बिरगंज बाट प्रहरीले लागुऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका–३ का भिमबहादुर वाइवा र मिलन तामाङ रहेको पर्सा प्रहरीले जनाएको छ ।भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्र २–०३–००८ प १४३४ नम्बरको स्कुटीलाई चेकजाँच गर्ने क्रममा स्कुटी चालकले लगाएको हेल्मित भित्र बाट पर्सा प्रहरीले १२ ग्राम २४० मिलिग्राम लागुऔषध चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले बताए।त्यस्तै पर्सा प्रहरीले ठप्प लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।मकवानपुरको हेटौँडा–४ बस्ने गणेश घिमिरे र बकैया गाउँपालिका–५ बस्ने विकास भोलनलाई प्रहरीले पक्राउ गरेको छ।

 

घिमिरेको साथबाट नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र भोलनको साथबाट नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।मकवानपुरको हेटौँडा–४ बस्ने गणेश घिमिरे र बकैया गाउँपालिका–५ बस्ने विकास भोलनलाई प्रहरीले पक्राउ गरेको छ। घिमिरेको साथबाट नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र भोलनको साथबाट नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस