आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मौलापुरमा निकालियो भगवान शिवको बारात यात्रा

एपी खबर २०८० फागुन २४, बिहिबार (१ महिना अघि) १६४ पाठक संख्या

रौतहट : रौतहटको मौलापुर नगरपालिकामा भगवान शिवको बारात यात्रा बिहिवार बिहान निकालिएको छ ।
बारात यात्रा सम्पन्न संगै मधानी महायज्ञ २०८० को शुभारम्भ समेत भएको हो।मौलापुर नगरपालिकाले शिवरात्रीको अवसर पारेर मौलापुर मधानी महायज्ञको आयोजना गर्दै आईरहेको छ ।


भगवान शिव र पार्वतीको विवाहको रुपमा मनाइने मधानी महायज्ञको यस बिशेष पुजा समारोहमा आचार्य शोभाकान्त झाले मन्त्रोचरण गर्नु भएको थियो भन्ने बाबाधामको पुजारीहरुले बिशेष पुजा गराउनु भएको थियो । पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा मधानी महायज्ञ आयोजना गर्दै आएको छ ।
यस वर्षको मधानी महायज्ञको अवसरमा बलिवुडका सुपरस्टार गोविन्दा, भोजपुरी सुपरस्टार निलम गिरी, नेपाली सिनेजगतका सुपरस्टार पल साह, चर्चित निर्देशक दिनेश डिसी लगायतका कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहनेछ । मधानी महायज्ञमा १० लाख भन्दा बढी दर्शनार्थीले अवलोकन गर्ने आयोजको अनुमान छ।मौलापुर नगरप्रमुख रीना कुमारी साहको अध्यक्षता एवं मधेश प्रदेशको सभामुख मा. रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा बिभिन्न शिव मण्डलीहरुले बिशेष कला प्रस्तुति गरेको थियो ।मौलापुर नगरपालिका-२, चिरचिरियाबाट निस्केको बारात यात्रा मौलापुर नगरपालिका- ५, पतौरा स्थित पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमा पुगेर सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस