आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको विभिन्न नाकाबाट तस्करीका लाईन खुल्ला

एपी खबर २०८० फागुन २५, शुक्रबार (१ महिना अघि) १५४ पाठक संख्या

रौतहट। रौतहट संग साटिएको भारतीय सिमानाकाबाट तस्करी हुन थालेको जन–गुनासो बढ्दै गएको छ । भारत र नेपालको खुल्ला सीमा नाकाको दर्जनौं तस्करहरुले फाइदा उठाउँदै गौर भन्सारको मेन नाका सहित विभिन्न चोर नाकाबाट तस्करी कार्य तीव्र गतिका साथ अघि बढेको गौरका स्थानीय ब्यपारीहरुको जन-गुनासो बढ्दै गएको हो। पछिल्लो समय जिल्लाको विभिन्न सीमा नाकाको चोर बाटो हुँदै गाई गोरु, लत्ताकपडा, कस्मेटिक आईटम, चिनी, तेल, मल, हार्डवेयर, केराउ, सुपारी, चामल सहित विभिन्न सामाग्रीको तस्करी गरी बिना भन्सार नेपाल-भारत गर्ने गरेको अहिले पनि कायमै रहेको बुझिएको हो ।

 

स्थानीय बासिन्दाको अनुसार लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बन्कुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्रीको तस्करी गरी भारत बाट नेपाल र नेपाल बाट भारत भित्र्याउने कामलाई बढावा दिएको हो । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूलाई गुमराहमा पारी सिभिल टोली र चौकी इन्चार्जले चर्चित तस्करहरूलाई तस्करीको लागि लाइन खोलेको स्रोतको भनाई छ ।बिहार सरकारले रक्सी उत्पादन र विक्रीमा पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा नेपालवाट सुरक्षाकर्मीको संरक्षणमा शौफी नामक रक्सी र ब्रान्डेड रक्सी तस्करी गरि लैजाने कार्य भइरहेका छन । मासिक लाखौं अवैध रकम लिई  प्रहरी र चौकी ईन्चार्जले लाइन दिई ईन्चार्जले सिमावती एरियाको प्रहरी चौकीमा बस्न पहिला चलखेल गर्ने र कुराकानी मिलेसी मात्र चौकी जाने यो रौतहटको अहिलेको होइन पुरानै रवैया रहेको नाम लेख्ने सर्तमा बिशेष सुत्रले जनाएको हो ।

 

यो खबर केही दिन अगाडि एक सञ्चार माध्यममा आएको थियो।यस विषय प्रति सम्बन्धी निकाय गम्भीर हुनु जरुरी रहेको स्थानीयले प्रशन उठाएका छन् ।तस्करी कार्यले सरकारको ढुकुटीमा जाने राजस्व सङ्कलन कार्यमा प्रभाव पर्दै छ भने अर्को तिर सुरक्षा निकायको प्रमुखको भूमिका माथि प्रश्न चिन्ह उठने विषय बनेको छ । सानोतिनो व्यापारीले दिउँसै मालसामान ओसारपसार गर्छ भने ठुला व्यापारीहरूले भारतबाट रातारात लत्ताकपडा, हार्डवेयर, इलेकट्रोनिक्स समान, तेल, चिनीलगायतका मालसामान ओसार्ने गरेको छ ।भारतीय बजारको विभिन्न सामाग्री बिना भन्सार रौतहट चन्द्रपुर, कटहरिया, गरुडा र बाराको निजगढसम्म पुग्ने गरेको नाम नबताउने शर्तमा एक व्यापारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस