आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराका दुई पालिकामा अग्नि नियन्त्रण अभ्यास सम्पन्न

एपी खबर २०८० फागुन २८, सोमबार (१ महिना अघि) ७१९ पाठक संख्या

बारा : बाराको दुई वटा पालिकामा अग्नि नियन्त्रण अभ्यास कार्यक्रम सोमबार सम्पन्न भएको छ । जिल्लाको महागढिमाई नगरपालिका र सुवर्ण गाउँपालिकाको विभिन्न स्थानमा आगलागि नियन्त्रण विषयक व्यवहारिक सचेतनामुलक अभ्यास सम्पन्न भएको हो ।

 

इस्लामिक रिलिफ नेपाल, इस्लामिक रिलिफ क्यानडाको सहयोग तथा जनजागरण युवा क्लब जेजेवाइसीको आयोजनामा संचालित समुदायको उत्थानशिलता सुदृढिकरण (एससिआर) परियोजनाद्धारा अभ्यास संचालन गरिएको हो । गर्मियामसँगै सुख्खा वातावरणमा आगलागिका घटना बढ्ने विषयलाई मध्येनजर गर्दै सचेतनामुलक अभ्यास गराइएको परियोजनाले जनाएको छ ।

परियोजना अन्र्तगत महागढिमाई नगरपालिकाको १, २ र ८ तथा सुवर्ण गाउँपालिकाको १,५,६ र ८ नं. वडा भित्रका विभिन्न १० स्थानमा सचेतनामुलक अभ्यास गराइएको हो । विपद आउनु पूर्व समुदायलाई सचेत गराउने तथा स्थानिय स्तरमा पाईने श्रोत साधनको प्रयोग गरी आगो नियन्त्रण गर्न र सम्भावित क्षेती न्यूनीकरण गर्ने उद्देश्यले अभ्यास संचालन गरिएको परियोजनाका मुन्द्रिका चौरसीयाले जानकारी दिए ।

 

 

स्थानिय महिला कृषक समुह, वडा स्तरिय संरक्षण संजालका प्रतिनिधि, युवा तथा बाल क्लबका प्रतिनिधि सहित समुदाय वासीको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा रेडक्रसकर्मी साविर अहमद एराज र उमेश मिश्राले अग्नि नियन्त्रण सम्बन्धि सहभागिहरुकै सक्रियतामा व्यवहारिक अभ्यास गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस