आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रथम जीतपुरसिमरा क्रिकेट कप आज देखि सुरु उद्घाटन खेलमा पर्सा बिजयी

अखिलेश कुमार यादव २०८० चैत्र ३, शनिबार (१ महिना अघि) १९१ पाठक संख्या

बारा : बाराको जितपुरसिमरा उपमहानगरपालिकामा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रथम जितपुरसिमरा क्रिकेट कप आज देखि सुरु भएको छ । शनिवार एक कार्यक्रमको बीच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल ब्याटिङ्ग र उपप्रमुख भोला प्रसाद अधिकारिले बवलिङ्ग गर्दै प्रतियोगिताको उद्घाटन गरेको छ ।६ वटा टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ।
विगत केही महिनादेखि जितपुरसिमरा उपमहानगरपालिका क्रिकेटमय बनेको छ। जीतपुरसिमरा उपमहानगरपालिकाले खेलकुदमा २ करोड ५४ लाख लगानी गरे पनि लगानी अनुसार प्रतिफल नआएकोले अब बिद्यालय स्तरीय खेलकुदमा लगानी गरिने नगर प्रमुख राजन पौडेलले बताए । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोग र अभियान नेपालको आयोजनामा प्रथम जीतपुरसिमरा क्रिकेट कप संचालन भएको छ । प्रतियोगितामा जिल्ला क्रिकेट संघ मकवानपुर, जिल्ला क्रिकेट संघ पर्सा, जिल्ला क्रिकेट संघ बारा र आयोजक टिमसहित कुल ६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।उद्घाटन कार्यक्रममा बोल्दै जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले खेलकुद क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने दायित्वअनुसार प्रथम जीतपुरसिमरा क्रिकेट कपको आयोजना गरिएको बताए । ‘खेलकुद, विभिन्न रचनात्मक भूमिका र सकारात्मक क्रियाकलापमा युवाहरूलाई जागृत गराउन जरुरी छ’, उनले भने ।चैत ३ गते देखि सुरु भएको प्रतियोगिता चैत १० गते सम्म औराहा स्थित सेजको ग्राउण्डमा संचालन हुने छ ।प्रथम जीतपुरसिमरा क्रिकेट कपको संयोजक सोमलामा बम्जनको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा त्रिलोक बिक्रम साह ठकुरी लगाएतले शुभकामना मन्तब्य राखेको थियो ।उक्त उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगर वडा न ३ कि कार्यावाहक वडाध्यक्ष माया बिक,वडा न १४ की वडाध्यक्ष चयन गुरुङ्ग,वडा न १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने,अभियान नेपालकी अध्यक्ष लक्ष्मी तिमल्सिना लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो । त्यस्तै शनिवार भएको खेलमा पर्सा क्रिकेट क्लब बिरगंजले जीतपुरसिमरा क्रिकेट क्लबलाई ७७ रनले पराजित गरेको छ ।१३७ रनको लक्ष्य पाएको जीतपुरसिमरा चिकेट क्लबले १७ ओभरमा अलआउट हुदैं ५९ रन मात्र बनाउन सकेको थियो ।

प्रतिक्रिया दिनुहोस