आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सामा बाघको आतंक बढ्यो,बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु

एपी खबर २०८० चैत्र ६, मंगलबार (१ महिना अघि) १८७ पाठक संख्या

वीरगञ्ज- पर्सामा बाघको आतंक बढ्दै गएको छ । पर्साकाे ठाेरीमा जंगलमा घास काट्न गएका बेला बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु भएको छ । बाघको आक्रमणमा परेर ठाेरी गाँउपालिका- ४ मालीबस्तीकी ४० वर्षीय कलावती सुवेदीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

महिलालाई आक्रमण गरी ज्यान लिने बाघ भने जंगलतिर भागेकाे स्थानीयले बताएका छन्। मृतक महिलाको शव परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय ठाेरीले जनाएको छ। यसअघि गत पुसमा पनि बाघले पटेर्वा सुगौली गाउँपालिका- २ मा पनि एक जनाको ज्यान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस