आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शुभ कंसकारको उत्कृष्ट ब्याटिङ्गमा मकवानपुर बिजयी,जनकपुर स्तब्ध

अखिलेश कुमार यादव २०८० चैत्र ६, मंगलबार (१ महिना अघि) १६० पाठक संख्या

बारा : प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर क्रिकेट क्लब ३१ रनले बिजयी भएको छ । समूह ‘बि’ को पहिलो खेलमा मकवानपुर क्रिकेट क्लबले जनकपुरलाई ३१ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ्ग रोजेको मकवानपुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८१ रन जोडेको थियो ।मकवानपुरको लागि शुभ कंसकारले   विस्फोटक ब्याटिङ्गमा १११ रन बनाए । कंसकारले ५५ बलमा ९ चौका र ८ छाका प्रहार गरे ।यसैगरी मकवानपुरका सुमन सुनार २४ गौरभ खडका १८ र अस्तिक दहाल १८ रन बनाए ।जनकपुरको बि. धवन सहनी,साइमन रोय र अबजीत मण्डलले समान १/१ विकेट हात पारेको थियो ।टिमलाई जित दिलाएको शुभ कंसकार प्लेयर अफ द मैच घोषित भए ।उनलाई नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल र शुभारम्भ कलेजका अध्यक्ष लाल प्रसाद पुडासैनीले पुरस्कार प्रदान गरेका थिए ।१८२ रनको लक्ष्य पछ्याउन मैदान उत्रेका जनकपुरले १९.२ ओभरमा अलआउट हुदैं १५० रन बनाए ।जनकपुरको लागि हिमान्सु दत्तले विस्फोटक ब्याटिङ्ग गर्दै ६९ रन बनाए ।दत्तले ३८ बलमा ६ चौका र ४ छाका प्रहार गरे ।त्यस्तै जनकपुरका लागि अलि अकबर अन्सारी २८ बिशाल सुशलिङ्ग १९ र चन्दन यादवले १३ रन बनाए ।मकवानपुरका लागि शुभ कंसकारले ३ ओभर बलिङ्ग गर्दै ७ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।पहिलो जीत निकाल्दै मकवानपुर क्रिकेट क्लबले २ अंक जोडेको छ ।बुधवार खुकुरी क्रिकेट क्लब भैरहवा र जनकपुर एक आपसमा भिड्ने छ ।अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस