आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एन प्याब्सन जीतपुरसिमराका नवनिर्वाचित कार्यसमिति सदस्यले गरे शपथ ग्रहण

एपी खबर २०८० चैत्र ६, मंगलबार (१ महिना अघि) १२४ पाठक संख्या

बारा : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) जीतपुरसिमरा नगर कमिटिमा हाले निर्वाचित नयाँ कार्यसमितिको मंगलबार शपथ ग्रहण तथा पदस्थापन गरिएको छ ।निर्वाचन संयोजक सुबोध कुमार गुप्ताले नवनिर्वाचित अध्यक्ष अनिल तिवारी सहितका पदाधिकारी र कार्यसमिति सदस्यहरूलाई पदस्थापन तथा शपथ ग्रहण गराएका हुन् ।

निर्वाचन संयोजक गुप्ताले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरे । शपथ ग्रहणपछि कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अनिल तिवारीले विद्यालयहरूको संस्थागत विकास र हकहितमा सधैँ क्रियाशील भएर लागि पर्ने बताए ।शनिवार एन प्याब्सन जीतपुरसिमरा नगर कमिटिको अधिवेशन बाट उपाध्यक्षमा दिपेन्द्र कुमार साह, सचिवमा सरोज चन्द्र कार्की,कोषाध्यक्षमा नरेन्द्र तामाङ्ग, सदस्यमा गौतम चौधरी, मधुसुदन चौधरी नर्विरोध निर्वाचित भएको थियो ।

त्यस्तै मंगलबार एन प्याबसन जीतपुरसिमरा नगर कमिटिको प्रथम बैठक सम्पन्न भएको छ ।प्रथम बैठक मा एन प्याब्सनको तर्फ प्रतिनिधिको रुपमा बसन्त ढकाललाई पठाउने निर्णय गरिएको अध्यक्ष तिवारीले बताए ।एन प्याब्सन जीतपुरसिमरा नगर कमिटि गठनमा अहम भूमिका खेलेका एन प्याब्सनका पदाधिकारीलाई एन प्याब्सन जीतपुरसिमरा नगर कमिटीले धन्यवाद ज्ञापन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस