आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

५९ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जीतपुरमा अन्तरक्रिया

AuthorAP Khabar२०८० चैत्र ८, बिहिबार (१ महिना अघि) १४३ पाठक संख्या

बारा : ५९ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जीतपुरमा र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा अहिले पनि समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभेद हुने गरेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन् ।५९ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरले र्याली निकाल्दै नगर परिक्रममा सहित अन्तरक्रिया गरेर जातीय विभेद उन्मूलन दिवस मनाएको छ ।


जातीय विभेद उन्मुलन दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व मन्त्री किशान श्रेष्ठले विगतको भन्दा धेरै जातीय विभेद न्युनिकरणा भएको बताउनु भयो । उहाँले भन्नुभयोे दलित–दलित बिच विभेद हुने गरेको छ । त्यो निरुत्साहित हुन जरुरत देखिन्छ । अहिले वडा देखि राष्ट्रको उच्चस्तरीय पदमा दलित साथीहरूले नेतृत्व गरिरहेका छन् । दलितको सिपलाई सम्मान गर्ने तर कार्यशैली फरक गर्नु अमानवीय व्यावहार गर्नु गलत हो । जीतपुरसिमरा उपमहानगरपालिका नगरप्रमुख राजन पौडेलले तुलनात्मक रूपमा दलितमाथिको विभेदमा कमी आएको बताउनु भयो । उहाँले भन्नुभयो समुदायमा न्युनिकरण गर्न अझै सचेतनाको खाँचो छ ।उपमहानगरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै दलित अगुवा एवं पूर्व प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्माले जातीय विभेदमा संलग्न व्यक्तिहरूलाई कानुनी कार्वाही हुन नसकेको बताउनु भयो । यदि उजुरी आए पनि राजनीतिक दलको संरक्षणले समस्या पैदा हुने गरेको अनुभव सुनाउनु भयो । भौतिक विकाससंगै सामाजिक रुपान्तरण तिर पनि स्थानीय तहले ध्यान दिन सुझाउनु भयो । प्रमुख जिल्ला अधिकारी शासिधर घिमिरेले दलितका हकअधिकार नेपाल सरकारले कानुनमा समेटेको बताउनु भयो ।कानुनी दृष्टिकोणबाट पनि अछुतो नभएको बताउनुभयो । उहाँले भन्नुभयोे २०६३ जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । जातीय भेदभाव भनेको पछौटेपनको प्रतिक हो । समावेशी, आरक्षण कुरा संविधानमा उल्लेख गरेको स्मरण गराउनु भयो । अब सामाजिक चेतना हुनुपर्छ, परिवर्तनको गति दिन सबैको दृष्टिकोण सकारात्मक हुनुपर्छ । छुवाछूत र विभेदकारी व्यवहार गर्ने विरुद्ध सरकारले कानुनी उपचार छिटै खोज्ने उहाँले बताउनु भयो ।अन्तरक्रिया कार्यक्रममा दलित समुदाय बाट प्रतिनिधित्व गरेकाहरुले दलित माथि हुने विभेद कार्यक्रममा सहभागी माझ सुनाएका थिए ।५९ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा जीतपुरसिमरा नगर उपप्रमुख भोला प्रसाद अधिकारिले स्वागत मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रममा सबिधान सभा सदस्य शोभाकार पराजुली,मधु शाही,जयराम दाहाल,मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी,प्रमुख जिल्ला अधिकारि शशिधर घिमिरे,प्रहरी उपरीक्षक सुरेश काफ्ले लगाएत दलित समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस