आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा क्रिकेट कप : भैरहवालाई पराजित गर्दै मकवानपुर फाईनलमा प्रवेश

अखिलेश कुमार यादव २०८० चैत्र ९, शुक्रबार (१ महिना अघि) १६२ पाठक संख्या

बारा : प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा मकवानपुर क्रिकेट क्लब १५ रनले बिजयी भएको छ । समूह ‘बि’ को अन्तिम खेलमा मकवानपुर क्रिकेट क्लबले खुकुरी क्रिकेट क्लब भैरहवालाई १५ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ्गको निम्तो पाएको मकवानपुर क्रिकेट क्लबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन जोडेको थियो ।मकवानपुरका लागि तक्षक सिम्खडाले सर्वाधिक ५४ रन बनाए ।सिम्खडाले २४ बलमा १ चौका र ६ छाका प्रहार गरे ।यसैगरी मकवानपुरका गौरभ खडका २७ ,युबिन बुढाथोकी २१ बिशाल फुयालले १९ रन बनाए ।खुकुरी क्रिकेट क्लब भैरहवाका रोशन लाल गुप्ताले ४ ओभर बलिङ्ग गर्दै ३१ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।त्यसतै अजय कुमार चौहान ४ ओभर बलिङ्ग गर्दै १५ रन खर्चेर २ विकेट लिए र संजोश यादवले ४ ओभर बलिङ्ग गर्दै २१ रन खर्चेर १ विकेट लिए ।मकवानपुरले दिएको १४९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भैरहवालेले १९.३ ओभरमा ९ विकेट गुमाउँदै १३३ रन मात्र जोडन सफल भए ।भैरहवाका लागि रोशन लाल गुप्ताले सर्वाधिक २८ रन बनाए ।गुप्ताले २३ बलमा २ चौका र १ छाका प्रहार गरे ।यसैगरी प्रज्वल थापा २१,प्रकाश गिरि १९,अजु लुमार चौहान १९ ,अजय रजाली १७ र अमर मिश्राले १६ रन बनाए ।मकवानपुरका सुवर्ण भट्टले ३.३ ओभर बलिङ्ग गर्दै २३ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।यसैगरी बिशाल फुयाल र पियुश शर्माले समान २ विकेट हात पारे ।मकवानपुरका तक्षक सिम्खडा प्लेयर अफ दि म्याच’ घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले पुरस्कृत गरेका थिए ।मकवानपुरले दोश्रो जित निकाले संगै प्रथम जीतपुरसिमरा क्रिकेट कपको फाइनलमा प्रवेश गरेको छ ।प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधिको लागि शनिवार मकवानपुर क्रिकेट क्लब र पर्सा क्रिकेट क्लब एक आपसमा भिड्ने छ ।अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस