आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाँचौ बकुलिया भवानीपुर गोल्डकप प्रतियोगिता चैत १६ गते देखि हुने

अखिलेश कुमार यादव २०८० चैत्र १०, शनिबार (१ महिना अघि) ३०० पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियामा पाँचौ बकुलिया भवानीपुर गोल्डकप प्रतियोगिता हुने भएको छ ।जन कल्याणकारी क्लबको आयोजनामा चैत १६ गतेदेखि सुरु हुने प्रतियोगिता २३ गते सम्म संचालन हुने छ ।प्रतियोगितामा वीरगञ्ज युनाईटेड क्लब, मकवानपुर ११, एपीएफ बर्दिवास, सर्लाही क्लब, चितवन फूटबल क्लब, पर्सागढी बढ्निहार क्लब,निजगढ क्लब र आयोजक बकुलिया भवानिपुर क्लबको सहभागिता रहने आयोजक क्लबका सचिव इश्वर चौधरीले बताए ।

 

शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक जन कल्याणकारी क्लबले प्रतियोगिता बारे जानकारी गराएको छ ।चैत २३ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ को कार्यालयको मुख्य सहयोगमा हुने प्रतियोगिताको विधागततर्फका उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्ने जन कल्याणकारी क्लबको अध्यक्ष श्रीराम चौधरीले जानकारी दिए ।प्रतियोगिताको व्यवस्थापनमा जीतपुर सिमरा उपमहानगरपालिकाको वडा न ५ को कार्यालयले ५ लाख रुपैया र जीतपुरसिमरा उपमहानगरको कार्यालयले ६ लाख सहयोग गर्ने अध्यक्ष चौधरीले बताए ।

 

बकुलिया बाट दक्ष खेलाडी उत्पादन गरेर राष्ट्रिय टोलीमा पुर्याउने उदेश्यका साथ् हरेक बर्ष बकुलियामा गोल्डकपको आयोजना हुदै आएको छ ।चौथो बकुलिया भवानीपुर गोल्डकपमा रहेको पुरस्कार राशिलाई आयोजकले पाँचौ संस्करणमा बढाएको छ ।प्रतियोगिताको अनुमानित लागत करिब २० लाख रहेको छ ।उक्त पत्रकार सम्मेलनमा जन कल्याणकारी क्लबका संस्थापक अध्यक्ष केशवर धामी ,क्लबका सदस्य उमेश चौधरी लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस