आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाँचौ बकुलिया भवानीपुर गोल्ड कप सुरु,उद्घाटन खेलमा पर्सागढी बिजयी

अखिलेश कुमार यादव २०८० चैत्र १६, शुक्रबार (४ हप्ता अघि) २०० पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ५ मा पाँचौ बकुलिया भवानीपुर गोल्ड कप शुक्रबार देखि शुरू भएको छ । पाँचौ बकुलिया भवानीपुर गोल्डकप प्रतियोगिताको उद्घाटन बारा क्षेत्र न ४ क को प्रदेश सांसद देवनारायण चौधरीले गरेका थिए । उनले खेलकुदको विकासका लागि आफू बाट सक्दो सहयोग हुने आश्वासन दिए । खेलको महत्व बढ्दै गएको र खेलको माध्यमबाट देशको पहिचान अन्तराष्ट्रिय स्तरमा भएको बताए । बकुलियामा रहेको फूटबल मैदानलाई स्तरोन्नतिको लागि सक्दो सहयोग गर्ने समेत बताए ।

पाँचौ बकुलिया भवानीपुर गोल्डकपको संयोजक राधेश्याम चौधरीको अध्यक्षतामा सुरुमा भएको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगर उपप्रमुख भोला प्रसाद अधिकारि र जीतपुरसिमरा उपमहानगरपालिका १६ का वडाध्यक्ष हरिदेव खरेलले शुभकामना मन्तव्य राखेका थिए । दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यका साथ् जनकल्याणकारी क्लबले प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा पर्सागढी फूटबल क्लब बिजयी सुरुवात गरेको छ । पर्सागढीले हेटौडा फूटबल एकेडेमीलाई १-० ले पराजित गरेको छ । पर्सागढीको लागि ८ नम्बर जर्सीका खेलाडी सजित उरोले १ गोल गरेको थियो ८ नम्बर जर्सीका खेलाडीले गरेको गोल नै निर्णायक बनेको थियो ।खेलको मैन अफ द मेच सजित उरो घोषित भए उनलाई मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले पुरस्कार वितरण गरेको थियो ।

जनकल्याणकारी क्लब बकुलियाको आयोजनामा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म चल्ने छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ को कार्यालयको मुख्य सहयोगमा हुने प्रतियोगिताको विधागततर्फका उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्ने जन कल्याणकारी क्लबको अध्यक्ष श्रीराम चौधरीले जानकारी दिए ।प्रतियोगिताको व्यवस्थापनमा जीतपुर सिमरा उपमहानगरपालिकाको वडा न ५ को कार्यालयले ५ लाख रुपैया र जीतपुरसिमरा उपमहानगरको कार्यालयले ६ लाख सहयोग गर्ने अध्यक्ष चौधरीले बताए ।

उक्त उद्घाटन प्रतियोगितामा क्लबका अध्यक्ष श्रीराम चौधरी,सचिव इश्वर चौधरी,जीतपुरसिमरा उपमहानगरपालिका वडा न १ का वडाध्यक्ष हिरा बहादुर गुरुङ,वडा न २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ,वडा न ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी,वडा न १२ को वडाध्यक्ष श्यामबाबु खाँ,वडा न १३ का वडाध्यक्ष हेमनारायण चौधरी,वडा न ५ का वडासदस्य इन्दल पासवान,बिमला शर्मा,पुनम देवी नेकपा एमालेको मधेश प्रदेश सचिव मनोज पौडेल,रबिन्द्र खकुरेल लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस