आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कार्यवाहक नगरप्रमुख अधिकारि द्वारा वडा कार्यालय भवनको उद्घाटन

अखिलेश कुमार यादव २०८१ बैशाख ९, आईतबार (२ हप्ता अघि) २११ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा सुबिधा सम्पन्न वडा कार्यालय भवन संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा न १८ को बदहर्वामा स्तनपान कक्ष सहित अपाङ्गमैत्री वडा कार्यालय भवनको कार्यवाहक नगर प्रमुख भोला प्रसाद अधिकारीले आईतबार एक कार्यक्रमको बीच उद्घाटन गर्नु भएको छ ।वडा कार्यालय भवन संचालनमा आए पछि स्थानीयहरु खुशी भएका छन् ।गाबिसको साघुरो भवन बाट सेवा दिदै आएको वडा कार्यालयले आफ्नै भवन निर्माण गरेर संचालनमा ल्याए पछि सेवाग्राहीहरु खुशी भएका छन् ।

 

जीतपुरसिमरा उपमहानगरपालिका वडा न १८ र कलैया उपमहानगरपालिका वडा न २४ को कार्यालय एउटै भवन बाट संचालन भईरहेको बेला सेवा लिन जाने सेवाग्राहीहरुलाई सास्ती खेप्नु परिरहेको थियो तर अब वडाले आफ्नै नवनिर्मित २ तल्ले वडा कार्यालय भवन संचालनमा ल्याए पछि सेवाग्राहीहरुले सहज भएको छ ।वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख भोला प्रसाद अधिकारीले ‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेर अहिले निर्माण हुन् बाकि रहेको वडा कार्यालयहरुको भवन निर्माण भईरहेको बताउनुभयो ।उद्घाटन कार्यक्रममै बोल्दै प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद साहले नगरका वडा कार्यालय भवनहरु निर्माण गर्न पाउँदा खुसी लागेको बताउनुभयो।उहाँले भन्नु भयो व्यवस्थित वडा कार्यालय भवनहरु निर्माण भएका छन्, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ।’बर्षाको समय र घामको समयमा पुरानो वडा कार्यालय भवनमा सेवा लिन जादा कठिनाई हुने गरेको एउटै भवन बाट २ वटा वडा कार्यालय संचालन भईरहदा बस्ने समेत ठाउँ नभएको तर अहिले निर्माण भएको वडा कार्यालय सुबिधा सम्पन्न भएकोले सेवा लिन जादा धेरै सहज हुने जीतपुरसिमरा उपमहानगरपालिका १८ का राजन पौडेलले बताउनुभयो ।गाबिस भवन बाट २ वटा वडा कार्यालयले सेवा दिदा बृद्ध वृद्धाहरुलाई निकैनै समस्या हुने गरेको थियो ।पुरानो वडा कार्यालयमा सेवा लिन जादा खुल्ला चौरमा बस्नु पर्ने गरेको स्थानीय गोपी कृष्ण खतिवडाले बताउनुभयो ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १८ को कार्यालयले झन्डै ७ बर्ष पछि आफ्नै वडा कार्यालय भवन निर्माण गरेर संचालनमा ल्यान सफल भएको छ ।नवनिर्मित वडा कार्यालय बाट सेवा दिदा आफुहर पनि खुशी भएको वडा कार्यालयले जनाएको छ ।नयाँ वडा कार्यालय भवन निर्माण बाट प्रत्यक्ष रुपमा जनताहरुले सुशासन अनुभूति हुने गरि वडा कार्यालय सेवा प्रदान गर्ने वडा अध्यक्ष चतुरबाबु वाग्ले बताउनुभयो ।स्तनपान कक्ष सहित अपाङ्गमैत्री वडाको प्रशासनिक भवन उद्घाटन समारोहका बिच वडाको विकासमा योगदान गरेका आधा दर्जन ब्यक्तिहरुलाई सम्माान पनि गएिको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक स्तनपान कक्ष सहित अपाङ्गमैत्री वडा कार्यालय भवन संचालनमा आएको छ ।

६२ लाख ६० हजार लागतमा बनेको वडा कार्यालयमा सुबिधा सम्पन्न ८ कोठे भवन रहेको छ ।वडा भवन उद्घाटन समारोहमा पूव गाविस अध्यक्ष रामदयाल चौधरी, पूर्व वडा अध्यक्ष अर्जुन प्रसाद दाहाल , हरिलाल चौधरी, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा अध्यक्ष नयनकला खड्का ,स्थानिय अगुवा पूर्णहरी केसी, विमलराज भारती, कुमार लामा लगायतको कार्यक्रममा सहभागिता थियो । वडा अध्यक्ष चतुरबाबु वाग्लेको अध्यक्षता, वडा समिति सदस्य ईन्धीर चौधरीको स्वागत एवं वडा सचिव सिमा उप्रेतीको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस