आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हलखोरिया साझेदारी वनमा पोखरी निर्माण हुदैँ

अखिलेश कुमार यादव २०८१ बैशाख १२, बुधबार (१ हप्ता अघि) २९५ पाठक संख्या

बारा : तराईमा बढ्दै गएको गर्मिलाई मध्यनजर गर्दै अहिले बाराको वनमा पोखरी निर्माण भईरहेको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको हलखोरिया साझेदारी वनको क्षेत्रमा पोखरी निर्माण भईरहेको छ । गर्मि बढेसंगै पानिको मुहानहरु सुक्न थाले पछि जनवार र चराचुरुङ्गीहरूलाई राहतको लागि पोखरी निर्माण भईरहेको छ । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको लगानीमा पोखरी निर्माण भईरहेको छ ।

 

 

हलखोरिया साझेदारी वनको क्षेत्रमा रहेको पानीको मुहान गर्मि बढे संगै सुक्न थाले पछि जनवारह र चराचुरुङ्गीहरूलाई पानि खानमा समस्या भए पछि पोखरी निर्माण गर्न लागिएको हलखोरिया साझेदारी वनका अध्यक्ष बिकल्प भट्टराईले बताए । उनले भने खोला नाला सुक्न थाले यस साझेदारी वन भित्र हाती देखि लिएर बाघ समेतको बास रहेको तर गर्मि बढे संगै पानि खानमा जनावर र चराचुरुङ्गीहरूलाई समस्या नहोस भन्ने उदेश्यले वन संग अनुमति लिएर पोखरी निर्माण गरिरहेका छौं ।

 

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको १५ लाखको लगानीमा हलखोरिया साझेदारी वनको क्षेत्रमा पोखरी निर्माण भईरहेको राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको सव-इन्जिनियर अनिल सिनहाले बताए । हलखोरिया साझेदारी वन क्षेत्र भित्र रहेका जनावर र चराचुरुङ्गीहरूलाई यस पोखरी निर्माणले धेरै राहत मिल्ने सिन्हाले बताए । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिले पहिला पनि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र एउटा पोखरी निर्माण गरिसकेको छ ।

 

 

पर्सा राष्ट्रिय निकुञ्ज आधाभारको अमलेखगंजस्थित तीनकुवा पोखरी क्षेत्रमा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले पुरानो पोखरीलाई मर्मत, सुधार, निर्माण गरेसँगै पोखरीमा पानी सङ्कलन हुन थालेको र त्यसले निकुञ्ज क्षेत्रको वनजङ्गल, राष्ट्रिय वन, सामुदायिक वनमा रहेका वन्यजन्तु तथा चराचुरुङ्गीहरूलाई राहत दिलाएको छ ।

प्रतिक्रिया दिनुहोस