आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने गिरोहका ८ जना पक्राउ

एपी खबर २०७९ माघ २०, शुक्रबार (१ साल अघि) १८८ पाठक संख्या

काठमाडौँ: प्रहरीले मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने गिरोहका ८ जनालाई पक्राउ गरेको छ । ललितपुर प्रहरीले काठमाडौं र मकवानपुरबाट ती ८ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

 

उनीहरूले ललितपुरका हरि ढकालको एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप ह्याक गरी रकम चोरी गरेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरूमा भारतको बिहार घर भई काठमाडौंको चाबहिल बस्ने अवधेश कुमार, सप्तरीको कृष्णासरवन गाउँपालिका– २ घर भई काठमाडौंको जोरपाटी बस्ने दिलीपकुमार चौधरी, पर्साको विन्दावासिनी– ८ बस्ने नगेन्द्र साह कानु, रौतहटको रंगपुर नपा १ घर भई मकवानपुरको हटौँडा बस्ने रविना चौधरी, बाराको कोलबी नगरपालिका– ४ घर भई मकवानपुरको हेटौँडा बस्ने सन्तोष कुँवर, पर्साको वीरगञ्ज महानगरपालिका– २५ का राजु पटेल, सोही स्थानका साहिल परबेज र शिवशंकर राउत छन् । प्रहरीले उनीहरूबारे थप अनुसन्धान गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस