आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मकवानपुरमा १५८ किलो गाँजासहित एक जना पक्राउ

AuthorAP Khabar२०७९ फागुन २, मंगलबार (१ साल अघि) १५८ पाठक संख्या

हेटौडा : मकवानपुरमा १५८ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। सोमबार मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित पूर्व-पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले १ सय ५८ किलो गाँजा बरामद गरेको थियो।

 

ना ६ ख ४५२० नम्बरको गाडीबाट सशस्त्र प्रहरीले उक्‍त मात्राको गाँजा बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरूषोत्तम थापाले जानकारी दिए। गाडी पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। तर गाडीका चालक फरार थिए।

चालक थाहा नगरपालिका-३ बस्ने विशाल गोपाली भागेका थिए। उनलाई भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो। उनले गाडीको क्याबिनमा उक्‍त गाँजा लुकाएका थिए। ईलाका प्रहरी कार्यालय मनहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस