आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बचतकर्ताले नै लगाए हेटौडाको शिव शिखर सहकारी संस्थामा ताला

एपी खबर २०७९ फागुन ११, बिहिबार (१ साल अघि) १६४ पाठक संख्या

मकवानपुर : हेटौंडा ४ मा रहेको शिव शिखर सहकारी संस्था बन्द भएपछि बचतकर्ताहरू विरोधमा उत्रिएका छन्। बुधबार सहकारीमा लगाइएको ताला आज बिहीबार पनि नखुलेपछि बचतकर्ताहरू धर्नामा बसेका हुन्।

 

आफूले जम्मा गरेको रकम फिर्ता लिन पटकपटक सहकारी धाउँदा पनि नपाएका बचतकर्ताहरू सहकारीमा ताला नै लागेपछि चिन्तामा परेका छन्।हेटौंडा १ की पार्वती बर्तौला आफूले बचत गरेको ८५ हजार रुपैयाँका लागि ५ पटक सहकारी आइसकेको बताउँछिन्। ‘मयुरी चलाएर दिनको २ सय, ३ सय गरेर जम्मा गरेको थिएँ। अहिले खाँचो परेर निकाल्न आएको पैसा छैन भनेर झुलाउँदा झुलाउँदै सहकारी नै बन्द भएको बताएकी छिन ।

 

यस्तै हेटौंडा ११ थानाभर्‍याङकी सानुमाया थिङले पनि यस सहकारीमा आफ्नो डेढ लाख बचत रहेको १ महिनादेखि धाउँदा पनि फिर्ता नदिएको गुनासो गरिन्। ‘डेढ लाख जम्मा भएको छ, त्यसको ब्याज कति भयो थाहा न भएको उनले बताईन ।शिव शिखर सहकारी संस्थाको हेटौंडा शाखा बन्द हुँदा सयौं बचतकर्ता आफ्नो बचत कसरी फिर्ता लिने भन्ने चिन्तामा छन्। एकजनाकै ५ देखि ५० लाख सम्म बचत रहेको पीडितहरू बताउँछन्।

 

यता, सहकारीका कर्मचारीहरू भने सञ्चालक समितिले समन्वय नगरेका कारण कर्मचारीले नै सहकारीमा ताला लगाएको बताउँछन्। सहकारीका एक कर्मचारीका अनुसार चल्ती खर्च नभएकाले फिर्ता दिन नसकिएको र सञ्चालक समितिलाई यसबारे जानकारी गराउँदा पनि बेवास्ता गरेपछि कर्मचारीले नै ताला लगाएको बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस