आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जमकट्टेलले पाए विश्वासको मत

एपी खबर २०७९ चैत्र १०, शुक्रबार (१ साल अघि) १८२ पाठक संख्या

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जमकट्टेलले विश्वासको मत पाएका छन्। ११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेललाई ६७ जना सांसदले विश्वासको मत दिएका छन्।

 

केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै सरकारमा रहेका नेकपा एमाले र राप्रपा बाहिरिएपछि मुख्यमन्त्रीले आज विश्वासको मत लिएका हुन्।उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलले विश्वासको मत दिएका हुन्। उनी माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका हुन्।

प्रतिक्रिया दिनुहोस