आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा लाखौं रुपया बराबरको अवैध चल्ला नष्ट

अजय मिश्र, कपिलबस्तु २०७७ श्रावण १४, बुधबार (३ साल अघि) ६२८ पाठक संख्या

कपिलवस्तु जिल्ला मा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको गस्ती टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेकोमा कृष्णनगर नगरपालिका वडा नं १मड्हा बाट १२ कार्टून प्रति कार्टून १५० चल्लाका दरले अन्दाजी १८०० चल्ला बरामद गरेको छ।

 

बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका १ अवस्थित सुरही खोलाको किनारमा रहेको खाली जग्गामा खाल्डो खनि पशु क्वारेनटाइन का प्रतिनिधि , भद्र भलादमी,प्रहरी, पत्रकार,आदि को उपस्थिति मा उक्त चल्ला नष्ट गरिएको छ।

 

जस्को अनुमानित मुल्य १ लाख ३५ हजार सम्म पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जानकारी दिएको छ।साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार,न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस