आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाेखरामा गएराति कारकाे ठक्करबाट दुई जना पैदलयात्रीकाे मृत्यु

AuthorAP Khabar२०८० पौष १०, मंगलबार (४ महिना अघि) १०४ पाठक संख्या

कास्की – पाेखरामा गएराति कारकाे ठक्करबाट दुई जना पैदलयात्रीकाे ज्यान गएकाे छ । पाेखरा-५ पर्स्याङमा बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट उनीहरुकाे ज्यान गएकाे हाे ।

 

ज्यान गुमाउनेमा बाग्लुङ ढाेरपाटन घर भइ पाेखरा-३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान खुल्न बाँकी रहेका अन्दाजी ३५ पुरुष रहेका प्रहरीले जनाएकाे छ । दुर्घटनामा घाइते दुवैजनाको अस्पतालमा ज्यान गएकाे हाे । दुर्घटनापछि कार चालक फरार रहेका छन् । कार भने नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस