आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पोखरामा धारिलाे हतियार खुर्पा प्रहार गरी छोराद्वारा बाबुको हत्या

एपी खबर २०८० कार्तिक २९, बुधबार (५ महिना अघि) ८७ पाठक संख्या

कास्की – पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा गोधुली संसार पथमा छोराले धारिलो हतियार खुर्पा प्रहार गर्दा बाबुको ज्यान गएको छ । हिजो दिउँसो २२ वर्षीय रविन क्षेत्रीले खुर्पा प्रहार गर्दा ५२ वर्षीय रामु क्षेत्रीको ज्यान गएको हो ।रविन क्षेत्रीले खुर्पा प्रहार गरी बाबुको हत्या गरेको कास्कीका प्रहरी प्रवक्ता श्रवण विकले जानकारी दिनुभयो । खुर्पा प्रहार गरी घाइते बाबुको चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको हो ।

 

बाबुको हत्या गरी फरार भएका रविनलाई जिल्ला प्रहरी कार्यालयले अन्य जिल्लामा हुलिया, फोटो सहितको खोजतलासको सूचना जारी गरेको थियो । त्यसकै आधारमा पाल्पा प्रहरीले पाल्पाको प्रभासमा ग२०प ६०४७ नम्बरको मोटर साइकल सहित नियन्त्रण लिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस