आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना भाइरस संक्रमण नियन्त्रणमा प्रत्यक्ष रूपमा खटिएकालाई कृष्णनगर नगरपालिकाद्वारा सम्मान

अजय मिश्र, कपिलबस्तु २०७७ भाद्र ५, शुक्रबार (३ साल अघि) ८०३ पाठक संख्या

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले शुक्रवार अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षतामा यो कार्यक्रम नगरपालिकाको सभाहल मा सम्पन्न भएको हो । विश्वव्यापी महामारी कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी पत्रकार लगायत अन्य लाई सम्मान सहित प्रशंसा पत्र, मयाको चिनो प्रदान गरेको छ ।

 

विश्वव्यापी महामारी कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी पत्रकार लगायत अन्य लाई सम्मान सहित प्रशंसा पत्र, मयाको चिनो प्रदान गरेको छ ।

 

कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी (कोरोना संक्रमित लाई आइसोलेशन सम्म पुर्याउने, भारतबाट आएका नेपालीका लागी सक्दो सहयोग गरेका) क्वारेनटाईन व्यवस्थापन लगायत दिन रात खटी जनतामा जनचेतना फैलाउदै नेपाली जनताको सेवामा समर्पित ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख, प्रहरी निरिक्षक प्रताप पौडेल, सशस्त्र प्रहरी बल ३९ नं गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाही, सशस्त्र प्रहरी बल ३९ नं गुल्मका सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपाने र नेपाली सेना का प्रतिनिधित्व गर्ने एक जनालाई नगरपालिकाले उच्च मूल्यांकन गर्दै चेक मार्फत नगद पुरस्कार समेत प्रदान गरेको छ ।

 

कार्यक्रम मा बोल्दै नगर प्रमुख रजत प्रताप शाहले कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण प्रति आभार प्रकट गर्दै अझै कोरोना भाइरस विरूद्ध लड्न सबैको साथ अपरिहार्य रहेको बताउनुभएको थियो ।

 

उहाँले विकासका काममा समेत सबैको सहयोग अपरिहार्य रहेको बताउदे कोभिड १९ अर्थात कोरोना रोगको महामारीले पूरा विश्वमा फैलिएको र यसबाट हामी नेपालीपनि अछुतो नरहेको बताउनुभयो । खासगरि भारतिय सिमासंगै जोडिएको कृष्णनगर नगरपालिकामा शुरुवाती लकडाउनका समय खुला बार्डर हुदै नेपालीहरु भित्रिने क्रम बढी थियो । दैनिक हजारौ सम्म भित्रिदै गरेको भिडलाई सेल्टर दिने देखि लिएर खाना व्यावस्थापन गराउने साथै नगरभित्रको क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन समेत गराउनमा हाम्रा कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी , स्वास्थ्यकर्मी , सशस्त्र र जनपद प्रहरी लगायत नेपाली सेना एवं संघसंस्थाहरु लगायत पत्रकार बन्धुहरु प्रत्यक्षरुपमा खटिनुभएको भन्दै सबैलाई सम्झीनुभएको थियो ।

 

बढी चापका कारण संक्रमणको उच्च जोखिममा रहेको हाम्रो पालिका जिल्लामै उत्कृष्ट क्वारेन्टान र अनइसोलेसन व्यवस्थापन गरेको जानकारी दिदै उहाँले केही कमी कमजोरीहरु पनि थिए तर संक्रमणकालिन अवस्थामा जनता हतोत्साहित नहोउन भनी हामी आफै खटेर संक्रमण नियन्त्रण गर्न लागिपरेका बताउनुभयो ।

 

उक्त कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डांगी, नगर उप प्रमुखका सल्लाहकार तोफेल अहमद खां, मदरसा बोर्ड प्रदेश नं ५ उपाध्यक्ष मौलाना मसहुद खां नेपाली लगायत सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी ,पत्रकार समाजसेवी लगायतको उपस्थित रहेको थियो ।

 

कार्यक्रममा ईश्वरी प्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस