आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आँखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी अभिमुखीकरण कार्यक्रम कृष्णनगरमा सम्पन्न

अजय मिश्र, कपिलबस्तु २०७९ पौष २१, बिहिबार (१ साल अघि) ३१४ पाठक संख्या

कृष्णनगर: कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आँखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी नगर भिरका सामुदायिक विद्यालयका स्वास्थ्य फोकल शिक्षकहरू लाई एक दिने अभिमुखीकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकीको हलमा समपन्न भएको छ l

 

अभिमुखीकरण कार्यक्रममा नगर भित्रका शिक्षकहरु लाई विद्यालयका बाल बालिकामा आँखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी समस्या बाट सचेत रहन उद्देश्यका साथ कार्यक्रम संचालन गरिएको स्वास्थ्य शाखा संयोजक शंकर भट्टराई ले बताए l

 

कार्यक्रममा शिक्षकहरु बिच आँखा , कान, नाक, घाटी तथा मूख सम्बन्धी के कस्ता समस्या हुन सक्ने विषयवस्तु मा छलफलका गरिएको थियोl
शिक्षक समाजको अगुवा भएकाले आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी समस्या हरूको समयमा समाधान गर्न महत्वपूर्ण भूमिका रहने शिक्षा शाखा प्रमुख बलराम पन्थीले बताए l

 

कार्यक्रममा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी रोग तथा समस्याहरू तथा त्यसको समाधानका उपायका बारेमा जन स्वास्थ्य अधिकृत नन्द गोपाल बढ्ईले सहजीकरण गरेका थिए lकार्यक्रममा तीस जना सामुदायिक विद्यालयका स्वास्थ्य फोकल शिक्षकहरू को सहभागिता रहेको थियो l

प्रतिक्रिया दिनुहोस