आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते

एपी खबर २०७७ कार्तिक २३, आईतबार (३ साल अघि) ५४१ पाठक संख्या

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । हुम्ला जिल्लाको निरीक्षणका क्रममा मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते भएका हुन् ।

 

शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर मुख्यमन्त्री शाही सामान्य घाइते भएका छन् ।

 

शाहीको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको कर्णाली प्रदेश अस्पतालले जनाएको छ ।

 

अस्पतालका कन्सल्टेण्ट फिजिसियन डा. के.एन. पौडेलले मुख्यमन्त्री शाहीले निवासमै आराम गरिरहेको र आफूसहितको टिम शाहीको उपचारका लागि तयारी अवस्थामा रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस