आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कर्णाली प्रदेशले ६ दिन सार्वजनिक बिदा दिने

एपी खबर २०८० बैशाख ४, सोमबार (१ साल अघि) १६९ पाठक संख्या

सुर्खेत – कर्णाली प्रदेशले विभिन्न मितिमा सार्वजनिक बिदाको सूची जारी गरेको छ । सरकारले कर्णालीका दश वटै जिल्लामा लागु हुने गरि ६ वटा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार प्रदेश राजपत्रमा सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

 

प्रकाशित सूचना अनुसार जुम्लाबाहेक नौ जिल्लामा असार १५ गते तथा जुम्लामा चैत १२ गते राष्ट्रिय धान दिवसको अवसरमा बिदा दिइने भएको छ ।साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, चैतै दशैं र राम नवमीका दिनमा सरकारले प्रदेशभरि नै बिदा दिने भएको हो ।

 

यस्तै, असोज कृष्ण त्रयोदशीमा जुम्ला जिल्लाका प्रादेशिक र स्थानीय तहका कार्यालयका लागि चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाको अवसरमा बिदा दिइने भएको हो ।

प्रतिक्रिया दिनुहोस