आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कृष्णनगरमा नागरिक आरोग्य सेवा केन्द्र द्वारा योगाभ्यास संचालन

अजय मिश्र, कपिलबस्तु २०७७ चैत्र ८, आईतबार (३ साल अघि) ५७८ पाठक संख्या

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालनमा रहेको नागरिक आरोग्य सेवा केन्द्रले विहानको समयमा योग संचालन गरिरहेको छ । विहान ६ बजे देखि ७ः३० सम्म संचालन भैरहेको योगमा सहभागी हुन समेत नागरिक आरोग्य सेवा केन्द्र द्वारा अनुरोध गरिएको छ । संघिय, प्रदेश सरकार र स्थानीय तहको समेत सहकार्य र सहयोग रहेको उक्त नागरिक आरोग्य सेवा केन्द्र संचालनमा आउदा स्थानीय खुशी देखिन्छन् ।

जीवनशैली परिवर्तनका कारण विभिन्न प्रकारका रोगहरू बाट पिडित भएको अवस्थामा हामी स्वास्थ्य रहनका लागी योगाभ्यास संचालन गरेको बताउदै योगाभ्यास वडास्तरमा समेत विस्तारै विस्तार गर्ने, नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरमा दैनिक इएम् सेवा संचालनमा रहेको र पंच कर्म सेवा समेत छिट्टै संचालनमा आउने नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर प्रसाद मिश्रले बताए । साथै योग प्रशिक्षक कृष्णनगरका समाजसेवी राहुल सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस