आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

श्रीमतीको हत्या गरी टाउको बोकेर प्रहरी चौकीतिर हिँड्दै गरेको अवस्थामा पति पक्राउ

एपी खबर २०७९ मंसिर २१, बुधबार (१ साल अघि) २७० पाठक संख्या

सुर्खेत– श्रीमतीको हत्या गरी टाउको बोकेर प्रहरी चौकीतिर हिँड्दै गरेको अवस्थामा सुर्खेतमा पति पक्राउ परेका छन्।सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आले मगरलाई मंगलबार दिउँसो उनकी श्रीमती मिना आले मगरको टाउकोसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

 

३० वर्षीया श्रीमती मिनालाई हँसियाले घाँटी रेटेर उनको टाउको छुट्याइ झोलामा बोकेर हिँडिरहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सालकोटबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएका अम्मरले आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कारण हत्या गरेको बयान दिएका छन्।

प्रतिक्रिया दिनुहोस