आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकीकृत समाजवादी कृष्णनगरको संयोजकमा इंतेखाब अहमद खां

अजय मिश्र, कपिलबस्तु २०७८ भाद्र १७, बिहिबार (२ साल अघि) १०१३ पाठक संख्या

­कपिलवस्तु। नेकपा (एकीकृत समाजवादी) कृष्णनगर नगर सम्मेलन आयोजक कमिटीको अध्यक्षमा इन्तेखाव अहमद खां निर्बिरोध चयन हुनुभएको छ ।

बुधबार कृष्णनगर नगरपालिकामा भएको नगर भेलाले खां को संयोजकत्वमा ५५ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

नगर सम्मेलन आयोजक कमिटी घोषणा गर्दै एकीकृत समाजवादीकी नेतृ गीता अञ्जालले कपिलवस्तुमा एकीकृत समाजवादीलाई बलियो बनाउनका लागि अभियान थालनी भएको भन्दै यसको सुरुवात कृष्णनगरबाट सुरु भएको बताउनुभयो ।

कृष्णनगरको बिकास सोचेजस्तो नभएको भन्दै अब एकीकृत समाजवादीले त्यसको नेतृत्व गर्न तयार रहेको बताउनुभयो । त्यसको लागि आम जनताको मन जित्ने गरि काम गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त अबसरमा विभिन्न पार्टी परित्याग गरि झण्डै १ सय बढी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

भेलामा अनेरास्ववियुका कपिलवस्तुका संयोजक दिपक अनुरागी, इकरार अहमद खां,फजल महमूद खां, वकील अहमद खां, राजकुमार यादव , रफिक अहमद खां,कैफ आलम खां, अमित मिश्रा,कादिर खां लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस