आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चाइनाले उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको छः अकरम पठान

अजय मिश्र, कपिलबस्तु २०७८ भाद्र २७, आईतबार (२ साल अघि) ३८३ पाठक संख्या

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगरको उद्योग वाणिज्य संघको सभाहालमा जसपा नेपाल कृष्णनगर नगरसमितीको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मंत्री तथा जसपा नेपालका केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरीले अब आफ्नालागी लड्ने बेला आएको बताउनुभएको छ ।

 

अरुका लागी धेरै संघर्ष गरिसकेको बताउदै उहाले आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलित लगाएत पिछडिएका समुदायको हकहितका लागि जसपा नेपालले संघर्ष गर्ने उहाको भनाई छ । “सधै लडयो अरुको लागि अब लडौ आफ्नो लागी” मुल नाराका साथ हिडिरहेको सबैको साझा पार्टी जसपा नेपाल नै अबको अन्तिम विकल्प रहेको बताउनु भयो ।

यस्तै लुम्बिनी प्रदेश योजना आयोग सदस्य शिवपुजन यादवले मुख्यमंत्री कुल बहादुर केसी विकासका लागि तत्पर रहेकाले जनता समक्ष प्रत्यक्ष लाभकारी योजना ल्याउन लुम्बिनी प्रदेश सरकारले पहल गरिरहेको दाबी गर्नुभएको छ । प्रदेशको विकास सबैको सल्लाह र सहकार्यले मात्र मात्र अगाडी बढ़ने हुदा अब बाकि छोटो समयको कार्यकालमा सरकारले विशेष गरि आदिवासी जनजाति मधेशी मुस्लिम दलित आदिको हकहितमा काम गर्ने पुर्ण तैयारी रहेको उहाले बताउनुभयो ।

 

क्यान्सर, मुटुरोग मृगौला सम्बन्धि रोग जस्ता प्राणघातक रोगको उपचार गराउन नसक्ने निम्न आर्थीक स्तरका रोगीहरुका लागि लुम्बिनी प्रदेश सरकारले तिन लाख अनुदान दिने कार्यक्रम ल्याएको यादवले बताउनुभयो ।

यसैबिच कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले ६२ हजार भन्दा बढ़ी जनसंख्या भएको यस कृष्णनगर नगरपालिका भित्र उच्च शिक्षाका लागी क्याम्पस, सुविधा सम्पन्न अस्पताल, ब्यवस्थित बाटो लगाएतको उचित व्यवस्थापन हुन नसक्नु दुखको कुरा भएको बताउनुभयो ।

 

अबको निर्वाचनमा यस्ता जनप्रतिनिधिहरु लाई बहिष्कार गर्नुपर्ने उहाको भनाई छ । फरक प्रशंगमा उहाले चाइनाको विस्तारवादी नितीका कारण नेपाल समेत खतरा रहेको बताउदै चाइनाले उइगर मुस्लिम समुदायको धार्मिक शिक्षामा रोक लगाएर दमन गरि रहेको बताउनुभयो ।

कार्यक्रममा पुर्व सांसद तथा जसपा नेपालका केन्द्रीय अनुशासन विभागका संयोजक नरसिंह चौधरी र जसपा नेपालका कपिलवस्तु जिल्ला इन्चार्ज तौफिक खान अतिथीमा सामसेवक यादव आरती सिंह जगदम्बा प्रसाद चौधरी छेदी यादव, राज किशोर यादव लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस