आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वासको मत प्राप्त गर्न असफल भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त

एपी खबर २०७९ माघ २६, बिहिबार (१ साल अघि) २०० पाठक संख्या

काठमाडौं– सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राखेको विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको छ। बिहीबार प्रदेश सभामा प्रस्तुत प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो।

 

मुख्यमन्त्री रावलले बिहीबारको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए। त्यसलाई सभामुखले निर्णयका लागि पेस गरेका थिए। ध्वनी मतबाट गरिएको मत विमाजनको प्रस्तावको विपक्षमा धेरै सांसदले हात उठाएकाले विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरेका थिए।

 

रावले गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। संविधानको प्रावधान अनुसार उनले विश्वासको मत लिनुपर्ने समय सीमा बिहीबारसम्म थियो।

प्रतिक्रिया दिनुहोस