आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गुन्डा पाराले उपाध्यक्ष साह दुव्र्यवहार गर्यो – अध्यक्ष मुखिया

AuthorAP Khabar२०७६ बैशाख १४, शनिबार (५ साल अघि) ३८३ पाठक संख्या

बैशाख १४ रौतहटको यमुनामाइ गाउँपालिकाका उपाध्यक्ष गिता देवी साहले गुन्डा पाराले दुव्र्यवहार गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रासाद मुखिया भने चन्दरिका मुखियाले बताएका छन् ।

गुन्डा पाराले उपाध्यक्ष साह दुव्र्यवहार गर्यो – अध्यक्ष मुखिया

गाउँको कार्यक्रम सके पछि बजेट बाडफाड भने बारेमा गाउँपालिकाका उपाध्यक्ष साले घरको ढोका बन्द गरि दुव्र्यवहार तथा हातपात गरेको गाउँपालिका अध्यक्ष मुखियाले बताएक छन् ।

बिकासको काममा चासो नराखी मात्र रकम बाडफाडम चासो राखेको तथा गाउँपालिका अध्यक्ष मुखिया माथी दुव्र्यवहार भएको हो भने गाउँपालिकाका वडा अध्यक्ष नन्दलाल यादवले बताए ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा, यमुनामाईका प्रवक्ता समेत रहेको वडा अध्यक्ष यादवले गत आर्थिक वर्ष हामी पनि नयाँ थियौ त्यो वेलका प्रशासकीय प्रमुखले विभिन्न जालझेलमा पारि उपाध्यक्ष साहलाई स्वयम संचालनको लागि ८० लाख बजेट दिदाँ कूनै कामै नगरि कागजमै गरे पनि हाल त्यसैका कुनै लेखा जोखा नहुदाँ, पोर साल जस्तै यस वर्ष पनि जनताको विकास भन्दा आफनो विकासको लागि गुण्डा गर्दी शुरु गरेको आरोप लगाउनु भयो ।

साथै नेपाल सरकारको नियम धज्जि उडाउदै तथा यस्तो दुव्र्यवहार गर्ने, दादागिरी गर्ने उपाध्यक्ष साहलाई कानुनको दायरामा ल्याउन वडा अध्यक्ष यादवले सम्बन्धि निकाय संग माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस