आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एमाले बाराको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न

एपी खबर २०८१ बैशाख ६, बिहिबार (१ हप्ता अघि) १३१ पाठक संख्या

कलैया : नेकपा एमाले बाराको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितीको सपथ ग्रहण कार्यक्रम बुधवार कलैयामा सम्पन्न भएको छ। एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका हुन।

 

कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिवक्ता रफिक अंसारीले अध्यक्ष पदमा निर्वाचित अध्यानन्द पाण्डेयलाई सपथ ग्रहण गराएका थिए, भने पाण्डेयले अन्य पदाधिकारी लगायत १ सय २९ जना सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए। नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै प्रमुख अतिथी योगेश भट्टराईले देशको राजनितिक अवस्था अस्थिर रहेको बताउंदै एमालेले एकल बहुमत ल्याएपछी मात्रै स्थायी बिकाश र शान्ती कायम हुने बताए।

 

सपथ ग्रहण पछि बोल्दै नव निर्वाचित अध्यक्ष पाण्डेयले नेकपा एमालेको मिसन ८४ लाई सफल बनाउन आफ्नो कार्यसमितिले तत्कालै गाउंगाउंसम्म पुग्ने र पार्टीलाई थप मजबुत बनाउन तर्फ लाग्ने बताए। उनले आगामी स्थानिय तथा आम निर्वाचनमा बारा जिल्लालाई लाल किल्ला बनाउने तर्फ लाग्ने बताए। कार्यक्रममा निबर्तमान अध्यक्ष तथा कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह, पुर्वमन्त्री पुरुषोत्तम पौडेल, नेताहरु मनोज पौडेल, रामदयाल मण्डल लगायतकाले शुभकामना व्यक्त गरेका थिए।

 

गत चैत्र १९ गते शुरु भई २४ गते सम्पन्न भएको अधिवेशनमा अध्यक्ष पदमा पाण्डेय सहित उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाई, उप-सचिवमा जवाहिर अंसारी, भवना आचार्य लगायत १ सय २९ जनाको कार्यसमिती चयन भएको थियो।

प्रतिक्रिया दिनुहोस