आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संघीय संसद्को हिउँदे अधिवेशन वैशाख २ गते रातिदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

एपी खबर २०८० चैत्र ३०, शुक्रबार (२ हप्ता अघि) ७४ पाठक संख्या

काठमाडौँ : सरकारले संघीय संसद्को हिउँदे अधिवेशन वैशाख २ गते रातिदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रवार दिउँसो बसेको बैठकले वैशाख २ गतेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको सरकारी प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।बजेट अधिवेशनको तयारीका लागि केही समय अधिवेशन अन्त्य गर्ने परम्पराअनुसार अधिवेशन अन्त्य गर्न लागिएको उनले दाबी गरिन् । सहकारी ठगीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा अवरोध गरिरहेको छ ।

 

‘सरकारले संसद् फेस गर्न नसकेकाले होइन बजेट अधिवेशन आह्वान गर्नका लागि अधिवेशन अन्त्य गरिएको हो,’ मन्त्री शर्माले भनिन् । कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक वैशाख २ गतेसम्म स्थगित भएको छ । संसद्को हिउँदे अधिवेशन गत माघ २२ गते शुरू भएको थियो । विधेयक अधिवेशन भनेर चिनिने हिउँदे अधिवेशनमा जम्मा २ वटा विधेयक पारित भएका छन् । जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस