आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कृष्णनगरको बिकाशमा माओबादिको भुमिका अग्रणी हुने, रुद्र प्रसाद बन्जाडे

अजय मिश्र, कपिलबस्तु २०७८ भाद्र २०, आईतबार (२ साल अघि) ४६५ पाठक संख्या

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १, २ र ३ को संयुक्त भेला गरि वडा कमिटि गठन गरेको छ । शनिबार आयोजना गरीएको भेलाको अध्यक्षता नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खांले गर्नुभएको थियो ।

 

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्र प्रसाद बन्जाडेको प्रमुख आतित्यथामा सम्पन्न संयुक्त वडा भेलामा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खां नेपाली, नेकपा माओवादी केन्द्र कृष्णनगर नगर सह इन्चार्ज केशर वली, नगर सचिव गणेश प्रसाद बन्जाडे, राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार मौलाना जाहिद आजाद भण्डानगरी, गुरु शरण सिंह (बन्टी सरदार) लगायतको उपस्थिती रहेको थियो । कृष्णनगर नगरपालिका वडा नं. २ स्थित मुस्लिम समुदायिक हलमा आयोजित भेलाले तिन वटै वडामा ११÷११ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

 

संयुक्त भेलामा उपस्थित झण्डै ५०० जनाको सर्वसहमतिबाट वडा नं.१ को अध्यक्षमा सेराज अहमद खां, वडा नं.२को अध्यक्षमा अजय गोयल (डब्बु) र वडा नं.३को अध्यक्षमा खुर्शेद आलम खां निर्विरोध निर्वाचित हुनुभएको नगरसचिव बन्जाडेले जानकारी दिनुभयो । नवनियुक्त पदाधिकारीहरुलाई प्रमुख अतिथी बन्जाडेले टिका लगाई स्वागत गर्दै आआफ्नो पदमा वसी पार्टीको हकहितमा काम गर्न तथा आउने निर्वाचनमा पुर्ण बहुमत हासिल गर्नका लागि आजै देखि लाग्न निर्देशन दिदै दिनुभयो ।

 

नवनियुक्त पदाधिकारी हरुलाई सपथ समेत खुवाउदै कृष्णनगर शिक्षा, स्वास्थ्य, बांटो घाटो, कÞृषि लगायत अन्य बिषयमा पिछडी परेकाले यो क्षेत्रलाई नेकपा माओवादी केन्द्र बाहेक अरु कसैले अगाडी लैजान नसक्ने तर्क गर्नुभयो । माओवादी केन्द्रले गरेको आफ्नो चुनावी घोषणाहरु सके सम्म पुरा गर्दै आइ रहेको अवगत गराउदै उहाले नवनिर्वाचित पदाधिकारीहरुलाई कृष्णनगरको बिकाशका लागी आजैदेखी योजना बनाएर आ–आफ्नो स्तरबाट नेकपा माओबादिलाई सक्रिय एवं बनाउन निर्देश गर्नुभयो ।

 

उपस्थित जनतालाई लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले हृदय देखि धन्यवाद दिदै नवनियुक्त पदाधिकारीहरु लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना समेत दिए ।

 

प्रतिक्रिया दिनुहोस