आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दिउसो २ बजे बानेश्वरमा बस्दै सर्वदलीय बैठक

एपी खबर २०७८ भाद्र २८, सोमबार (२ साल अघि) ३६५ पाठक संख्या

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। बैठक आज दिउँसो २ बानेश्वरस्थित संघीय संसदको भवनमा बस्ने भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानले बताए।

 

सर्वदलीय छलफलमा संसदमा जारी गतिरोध अन्त्यका बारेमा छलफल हुने उनले बताएका छन्।

 

‘सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा आज दिउँसो २ ३० बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संसदीय दलका नेताहरुसँग छलफल हुँदै छ,’ न्यौपानेले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रीत रहने छ।’

 

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्तीका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङ्देनलाई आमन्त्रण गरिएको सभामुखको सचिवालयले जनाएको छ।

 

 

 

 

पहिलो पोष्टबाट साभार गरिएको।

प्रतिक्रिया दिनुहोस