आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमालेको अवरोधकैबिच प्रतिनिधिसभा बैठक हुदै

एपी खबर २०७८ भाद्र २९, मंगलबार (२ साल अघि) ३२७ पाठक संख्या

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज १ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकै बीच डाकिएको बैठकमा विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

 

प्रतिनिधिसभाको नवौं अधिवेशन भदौ २३ गते सुरु भएयता एमालेले लगातार अवरुद्ध गरिरहेको छ । विगतमा एमालेमा रहेर वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिनेमध्ये १४ सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै उसले संसद् अवरुद्ध गरिरहेको हो । यस विषयमा सभामुख अग्निप्रसाद सापकोटाले पार्टीले गरेको कारबाहीअनुसार सूचना जारी नगरेको एमालेको आरोप छ ।

 

सभामुख सापकोटाले पदीय आचरणअनुरुप काम नगरेको, पक्षपातपूर्ण व्यवहार गर्दै पार्टी विभाजनमा सहयोगी भूमिका खेलेको पनि एमालेको आरोप छ । संसद्को अवरोध खोल्न सभामुखले सोमबार डाकेको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो ।

 

यता सभामुख सापकोटाले भने सांसद निलम्बनको मुद्या अदालतमा बिचाराधिन रहेकाले यस बिषयमा आफुले केहि बोल्न नमिल्ने प्रतिक्रिया दिदै आउनुभएको छ । एमालेले आफ्ना माग पूरा नभएसम्म सदन अवरुद्ध गर्ने बताएकाले मंगलबारको बैठक पनि अवरुद्ध हुने देखिएको छ ।

 

सत्तारूढ गठबन्धनका दलहरूले भने एमालेले संसद्ले काम गर्न सक्दैन भन्ने स्थापित गर्न खोजेको भन्दै सदन चलाउन सभामुखलाई दबाब दिइरहेका छन् । गठबन्धनले बजेटसँग सम्बन्धित विनियोजन विधेयक अगाडि बढाउनुपर्ने जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस