आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमराबाट सामाजिक सुरक्षा कोषद्धारा सेवा शुरु

प्रिती कुमारी, जीतपुर २०७९ भाद्र ८, बुधबार (१ साल अघि) ४२४ पाठक संख्या

बाराको सिमराबाट सामाजिक सुरक्षा कोषले आफ्नो सेवा शुरु गरेको छ । बुधबार जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले कार्यालय उद्घाटन गरेसंगै यस कार्यालयले आफ्नो सेवा सिमराबाट शुरु गरेको हो ।

 

पथलैया बीरगञ्ज औधोगिक करिडोर अन्तरगत पर्ने बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नं २ स्थित सिमरा सेवाग्राहीलाई सहजता हुने र सहज रुपमा सेवा प्रदान गर्ने उद्धेश्य सहित यो शाखा संचालनमा आएको हो ।

 

कर्याक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपाल कोषमा आबद्ध श्रमिकका लागि उपचार सेवा दिन हालका लागि वीरगञ्ज हेल्थ केयर र नेशनल मेडिकल कलेजसँग सम्झौता भएको जानकारी दिनुभयो । उहाँले कोषको सेवा अन्तर्गत औषधी उपचार स्वास्थ्य तथा सुरक्षित, दुर्घटना र अशक्तता, आश्रित परिवार र पेन्सन तथा वृद्धभत्ता जस्ता सेवाहरु रहेको जानकारी गराउनुभएको थियो ।

 

सिमरा शाखाका प्रमुख ऋषिराम पाण्डेको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्युत प्रधिकरण, आन्तरिक राजश्व कार्यालय सिमरा, हुलाास स्टिल, सूर्य नेपाल, डावर नोपल, जगदम्बा स्टिल, वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, श्रम तथा रोजगार कार्यालय वीरगञ्जका प्रशान्त साह, नेपाल ट्रेड यूनियन काँग्रेसका मधेष प्रदेश अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी, अखिल नेपाल ट्रेड युनियन महासँघका बेनी तिमल्सिना, प्रेस चौतारी नेपाल मधेश प्रदेशका प्रदेश उपाध्यक्ष अनिल तिवारी र पत्रकार रञ्जन यादव, जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका तर्फबाट रिना रौनियार पुरी लगाएतको उपस्थिती रहेको थियो ।

 

सामाजिक सुरक्षा कोषका यादव पौडेलको स्वागत गर्नुभएको यस कार्यक्रमलाई प्रदिप महर्जनले सहजीकरण गर्नुभएको थियो ।

 

कार्यालय उद्घाटन गर्न प्रमुख अतिथीको रुपमा कार्यक्रममा पुग्नुभएका जीतपुरसिमराका नगरप्रमुख राजन पौडेलले आफिस समुद्घाटन गर्न आउने बितिकै एक्लै रिबिन काटे पछि कार्यक्रममा उपस्थित सबै चकित भएका थिए ।

प्रतिक्रिया दिनुहोस