आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमाले मधेस प्रदेश कमिटीले जिल्ला अधिबेशन र प्रतिनिधि परिषद बैठक मिति तोक्यो

एपी खबर २०८० माघ ८, सोमबार (३ महिना अघि) १४१ पाठक संख्या

जनकपुर: नेकपा एमाले मधेश प्रदेश कमिटी कार्यालय ( पदाधिकारी )को बैठक जनकपुरमा सम्पन्न भएको छ। बैठकले मधेश प्रदेशका आठवटै जिल्ला कमिटीको जिल्ला परिषद र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। बैठकले महोत्तरी माघ २२ र २३ गते,रौतहट माघ २५ र २६ गते र पर्सा माघ २८ र २९ गते र बारा फागुन १२ र १३ गते आयोजना हुने जिल्ला अधिबेसनलाई भब्य बनाउन सम्बन्धित जिल्ला कमिटिलाइ निर्देशन दिएको छ ।

 

साथै बाँकी रहेका सर्लाही, धनुषा, सिराहा र सप्तरीको जिल्ला अधिवेशन चैत्र महिनाको पहिलो हप्ताभित्र गरिसक्न जिल्ला कमिटीलाई निर्देशन दिएको एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले बताउनुभयो। त्यसैगरी बैठकले जिल्ला प्रतिनिधि परिषदको बैठक समेत तय गरेको छ।रौतहट माघ १८ गते, बारा माघ २० गते, पर्सा माघ २१ गते,सर्लाही र सिराहा फागुन ५ गते, धनुषा र सप्तरीको फागुन ७ गते जिल्ला प्रतिनिधि परिषदको बैठक गर्ने निर्णय गरेको छ ।

 

बैठकले प्रदेश अधिवेशनका बखत नवीकरण भई केन्द्रबाट प्रमाणीकरण भएर आएका सदस्यहरूबाट नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको सचिव पौडेलले बताउनुभयो। त्यसैगरी बैठकले चिसो र शीतलहरबाट मधेस प्रदेशका नागरिकहरू पीडित बनेको हुनाले चिसोका कारण कठाङ्गिएर मृत्यु भएको समाचार आइरहेको हुनाले तत्काल न्यानो कपडा,आगो ताप्ने दाउरा र राहतको व्यवस्था गर्न स्थानीय तह, प्रदेश सरकार र नेपाल सरकारसँग जोडदार माग गरेको छ। नेकपा एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष चण्डेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सचिव तथा मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराई,पोलिटब्युरो सदस्यहरू पुरुषोत्तम पौडेल,सुमनराज प्याकुरेल,लिलानाथ श्रेष्ठ, ज्वालाकुमारी शाह ,अच्युत मैनाली र केन्द्रीय सदस्य सरोज यादव सहित जिल्ला अध्यक्षहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस