आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नगरप्रमुखको एकलौटी निर्णयले उपमहानगर तहसनहस हुदैं : वडाध्यक्ष सुनिल गुप्ता

एपी खबर २०८० फागुन ६, आईतबार (२ महिना अघि) ४५६ पाठक संख्या

बारा : जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको कार्यशैलीबाट वडाध्यक्षहरू असन्तुष्ट बन्न थालेका छन् । नगरभित्रका विकास निर्माण तथा अन्य कार्यमा नगरप्रमुखले एकलौटी निर्णय गर्ने गरेको भन्दै जीतपुरमा पत्रकार सम्मलेन गरेर वडाध्यक्ष सुनिल कुमार गुप्ताले असन्तुष्टि व्यक्त गरेका हुन्।

 

 

‘स्थानीय तहको निर्वाचनपछि विधि, प्रक्रिया र कानुनका आधारमा शासन व्यवस्था सञ्चालनको मूलधारमा रहन चाहे पनि एकलौटी निर्णयले कानुनको उल्लंघन भएको छ,’ वडाध्यक्ष सुनिल कुमार गुप्ताले भने, ‘जनतामा गरेको प्रतिबद्धता पूरा गर्न लागिरहदाँ नगरप्रमुखले सहमति र सहकार्यको साटो बहुमत सदस्यको साथ समेत नलिई कानुनको ठाडो उल्लंघन गरी एकलौटी ढंगबाट निर्णय गर्ने गरेको छ ।कार्यपालिका बैठकमा बहुमतले कुनै शिर्षक पारित गर्ने निर्णय भए पनि त्यस निर्णयलाई नगरप्रमुख पौडेलले आफ्नो जिद्धपन देखाएर पारित हुन् नदिने वडाध्यक्ष गुप्ताले बताए ।

 

 

कार्यापालिका सदस्यहरुको सहमतिमा कुनै निर्णय भए पनि नगरप्रमुख राजन पौडेलले कुनै पनि हालतमा कार्यापालिका सदस्यहरुले गरेको निर्णय मान्य हुन् नदिनेमा लाग्ने गरेको छ । कार्यपालिका बैठकमा नगरप्रमुख संग कुनै प्रशं सोध्दा समेत नगरप्रमुखले अपशब्द प्रयोग गर्ने गरेको वडाध्यक्ष गुप्ताले आरोप लगाएको छ ।नगरप्रमुख राजन पौडेलको एकलौटी निर्णयको कारण अहिले उपमहानगर नै तहसनहस बनेको पत्रकार सम्मेलनमा वडाध्यक्ष गुप्ताले बताए ।उधोगहरु संग नगरप्रमुखले आफ्नो मिलोमतोमा करको दायरा समेत हेरफेर गर्ने गरेको आरोप लगाएको छ ।

 

 

उपमहानगरपालिकाको सबै निर्णयका प्रक्रियामा सर्वसम्मत तरिकाबाट हुन सकेमात्र नगरपालिकाले लिएका रणनीतिक योजनाको सपना पूरा हुने तर नगरप्रमुख पौडेलले नगरको बिकाश गर्ने तरकरमा नरहेकोले उपमहानगरको वडाध्यक्षहरुले असन्तुष्टि व्यक्त गर्ने गरेको वडाध्यक्ष गुप्ताले बताए ।उपमहानगरमा बिकाशको गति बढाउनको लागि कार्यपालिका सदस्य देखि लिएर वडाध्यक्ष मिलेर सर्वसहमतिले निर्णय गरेर अगाडी बढ्न समेत उनले नगरप्रमुख राजन पौडेल संग पत्रकार सम्मेलन मार्फत अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस