आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ज्वालाकुमारी साहलाई पुनः कृषी तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी

एपी खबर २०८० फागुन २३, बुधबार (१ महिना अघि) १८६ पाठक संख्या

बारा :  नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृतवमा बन्न लागेको सरकारमा बाराके ज्वाला कुमारी साहले पुनः मन्त्रीको जिम्मेवारी पाएकी हुन्।उनि प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारमा कृषी तथा पशुपंक्षी विकास मन्त्रीको जिम्मेवारी पाएकी हुन् ।

 

साह यसअघि २०७९ सालमा प्रचण्ड नेतृत्वको सरकारमा कृषी तथा पशुपंक्षी विकास मन्त्री बनेकी थिईन् । तर राष्ट्रपति निर्वाचनमा प्रचण्डबाट धोका पाएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।साह बारा क्षेत्र न ३ बाट प्रत्यक्ष रुपमा निर्वाचित सांसद हुन् ।एमालेले केन्द्रीय सचिव रघुविर महासेठको नेतृत्वमा सहभागी हुने ९ मन्त्रीको नाम टुंगो लगाउँदा साहले पुनः अवसर पाएकी हुन् ।साह नेकपा एमालेको पोलिटव्युरो सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस